जथाभावि फोहोर नफालौँ, नगर स्वच्छ, सफा र सुन्दर राखौँ । सडक अवरोध हुनेगरी निर्माण सामाग्री नराखौँ ।  सडक चोकमा होडिङ्गवोर्ड, साईनवोर्ड, व्यानर राख्दा नगरपालिका सँग पूर्व स्वीकृत लिएर मात्र राखौँ ।  हरिपुर्वा नगरपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ ।  अखाद्य, मिसावटयूक्त खाद्य सामाग्रीहरुको विक्री वितरण तथा प्रयोग नगरौँ ।  जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ ।  छतको पानी सडकमा सोझै नझारौँ । सुख्खा मौसममा आगलागिको डर बढी हुने भएकोले आगोजन्य सामग्रीको प्रयोगमा सावधानी अपनाऔँ । सडक अधिकार क्षेत्रको लागि घर अगाडि छोडिएको भागमा सेफ्टीट्याङ्की लगाएत कुनै पनि संरचना निर्माण नगरौँ । नगरपालिका क्षेत्रबाट निकृष्ट बालश्रम उन्मूलन कार्यमा सहयोग गरौँ । घरनक्शा पास गरि ईजाजतपत्र लिएर मात्र निर्माण कार्य गरौँ ।   नगरपालिकालाई बुझाउनु पर्ने कर दस्तुर समयमानै बुझाई जरीबाना बाट बचौँ ।पाल्तु जनावरहरु सडकमा नछोडौँ। उद्योग व्यवसाय संचालन गर्दा नगरपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ ।  व्यवसाय संचालन भएपछि नगरपालिकामा आफ्नो व्यवसाय दर्ता गरि प्रमाण पत्र लिऔँ ।नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ ।

संक्षिप्त परिचय

हरिपुर्वा नगरपालिका २०७३ फाल्गुन माहिनामा नेपाल सरकारले निर्णय गरी साविक हरिपुर्वा, बसन्तपुर, धन्कौल पुर्व गाविस सम्मिलित गरी गठन गरीएको नगरपालिका हो । यस नगरपालिका मध्यामाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चल, सर्लाही जिल्ला मा अवस्थित रहेको छ । यस नगरपालिकामा जम्मा ९ वटा वडा विभाजन गरीएको छ । हरिपुर्वा बजार वडा नं ५ यस नगरपालिकाको प्रमुख केन्द्र हो।

भौगोलिक अवस्थिति सिमाना जनसंख्या पर्यटकिय क्षेत्रहरु

प्रदेश नं.-                २ 

अञ्चल (राजधानी)   जनकपुर

जिल्लाः                  सर्लाही

निर्वाचन क्षेत्रः          ४

क्षेत्रफलः                 ३०.५० वर्ग किमि

                              ४५०३ बिघा

वडा संख्याः             ९

उचाईः                    १००-१०५ मि.   

पूर्वः                         हल्दी खोला र महोत्तरी जिल्ला    

पश्चिमः                   ईश्‍वरपुर न.पा., ब्रह्मपुरी
                               गा.पा.,पर्सा गा.पा.

उत्तरः                     ईश्‍वरपुर न.पा.

दक्षिणः                    पर्सा गा.पा. 

अवस्थिति  अक्षांशः   २६.८७२०२१-२६.९५६४७१ 

देशान्तरः                 ८५.६५८५३१-८५.७२१७४२

कुल जनसंख्या:     ३६०४२ (२०६८ अनुसार)

महिलाः                  १७४६५

पुरुषः                      १८५७७

जनघनत्व:               ११८२

घरधुरी:                    ५९०४

शिक्षीत प्रतिशतः     ३६.६६

धर्मनाथ महादेव(३)

राम जानकी मठ (२)(५)(९)

महादेव मन्दिर (९)

सल्हेश पोखरी (मठ/मन्दिर)(१)   

 महारानी(२)

कालिका मन्दिर(६)